लमहीबाट  ६ लाख ७८ हजारसहित आठजना जुवाडे पक्राउ

वाणगंगा अनलाईन कात्तिक ११, 

लमही नगरपालिका–५ लमही बजारबाट ६ लाख ७८ हजार ५०० रुपैयाँसहित आठजना पक्राउ परेका छन्।

उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमही–८ का ४१ वर्षीय प्रकाश खड्का, ५५ वर्षीय कर्णबहादुर बुढाथोकी, वडा नम्बर ३ का ५५ वर्षीय अमरबहादुर तामाङ, वडा नम्बर ६ का ५२ वर्षीय भिविराज किरात, ३४ वर्षीय खिम पुन, वडा नम्बर ५ का ५५ वर्षीय मुकेश चौधरी र सोही ठाउँका ४० वर्षीय अशोककुमार खड्का रहेको प्रहरीले जनाएको छ।  उनीहरुको साथबाट १३ गड्डी नखोलेको तास, तीन गड्डी खोलेको तास, कौडा ३२ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाह बताए। तिहार सुरु भए यता दाङमा दैनि जसो जुवाडेहरु पक्राउ पर्न थालेका छन्। आइतवार मात्रै १२ जना जुवाडे पक्राउ परेका थिए।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...