Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

कार्तिक ११ 

बाँके, सप्तरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

बाँके, बैजनाथ गाउँपालिका(८ टिटिरिया गाउँस्थित सडकमा भे१ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका(१० बस्ने ३६ वर्षीया मिना बस्यालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी, हनुमाननगर ककांलनी नगरपालिका(८ स्थित सडक छेउमा रोकी राखेको स।१ त ४०६८ नम्बरको ट्रयाक्टरमा अनटेष्ट सिटी रिक्शा शनिबार साँझ ठक्कर खाँदा गम्भीर घाइते भएका सिटी रिक्शामा सवार सोही ठाउँ बस्ने २२ वर्षीय प्रबिन श्रेष्ठको उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार सिटी रिक्शाका चालकको खोजी गरिरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका(१२ स्थित सडकमा अनटेष्ट लेखिएको अटोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राम बहादुर लोप्चनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...