Archives


चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वाणगंगा अनलाईन ११ कात्तिक, 

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती(५ निवासी २२ वर्षीय कृष्ण कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कावासोती ३ का १६ वर्षीय अमन पुनमगर, कावासोती ५ का राम परियार र धनबहादुर कुमाल घाइते भएका छन् । घाइतेहरुमध्ये अमन पुनमगरको अवस्था गम्भीर छ । उनलाई उपचार गर्न चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ ।

मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्न प्रतिबन्ध छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...