Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश नम्बर ५ मा व्यावसायिक फूल खेतीतर्फ आकर्षण बढ्दो 

वाणगंगा अनलाईन कात्तिक ११

पछिल्ला वर्षहरुमा प्रदेश नम्बर ५ मा व्यावसायिक फूल खेतीतर्फ आकर्षण बढेपछि भारतबाट आयत हुने फूलमा कमी आएको छ ।

विगत वर्षका तुलनामा यो वर्ष भारतबाट फूल आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

यसअघि भारतबाट लाखौँ रूपैयाँको सयपत्री, मखमली र कृत्रिम फूलमाला आयात हुने गरेको थियो । यो प्रदेशमा समूह बनाउँदै धमाधम व्यावसायिक फूलखेती गर्न थालेपछि आयातमा कमी आएको पुष्प व्यवसायी सङ्घ प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डेको भनाइ छ ।

पाण्डेका अनुसार महिलाहरु उत्साहित बनेर प्रदेशमा फूलखेतीमा लागेका छन् । प्रदेशका प्युठान र कपिलवस्तुका विभिन्न ठाउँमा समूहमार्फत फूल खेती गरेर उत्पादन गरेका छन् ।

भैरहवा भन्सार कार्यालय प्रवक्ता कलिराम पौडेलले गतवर्षभन्दा यस वर्ष फूल अयात भारतबाट कम भएको रातोपाटीलाई बताए । उनका अनुसार गत वर्ष कृत्रिम माला मात्रै ५४ लाख ४१ हजार रूपैयाँ बराबरको आयात भएको थियो । यो वर्ष ५२ लाख रूपैयाँको फूल आयात भएको छ ।

धमाधम समूहमा फूल खेती 

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर ४ डिङ्गरनगरका ९ जना महिलाहरुले क्षितिज नमुना कृषक समूूह गठन गरी यस वर्षदेखि व्यावसायिक पुुष्पखेती सुुरु गरेका छन् । रूपन्देहीको सैनामैनामा पनि प्रत्येक वडामा फूल खेती गर्ने अभियान नै चलाइएको छ ।

कपिलवस्तुमा शवराज नगरपालिका–५, नौडिहवामा व्यावसायिक फूल खेती गरिएको छ । प्युठान पनि व्यावासायिक फूल खेती सुरु भएको छ । कपिलवस्तुको शिवराजमा स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गरेको हो  ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...