अर्घाखाँचीमा बस दुर्घटना १७ जना घाईते : ५ को अवस्था गम्भिर

बिष्णु कुमार आले कार्तिक ११,अर्घाखाँची ।

अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको पोखडाँडाँमा आज बस दुर्घटना हुदा १७ जना घाईते भएका छन् । अमराई बाट शिबाहदह यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको नेतृत्वमा गएको प्रहरीको टोली र स्थानिय बासिन्दाले घाईतेहरूलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याएका थिए । सामान्य प्राथमिक उपचार पछि थप उपचारका लागि गम्भीर घाईते ५ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । अन्य घाईतेहरूको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाईतेहुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ बर्षिय असोक परियार , सिनपा ६ जुकेनाका ३१ बर्षिय माधवराज भुसाल,सिनपा ७ जुवाकोटका ४६ बर्षिय उमा लामिछाने , सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल , शिनपा ६ दाङसिङका २० बर्षिय खिमा परियार ,शिनपा ४ ओखलढुंगाका ३२ बर्षिय अनिता थापा ,शिनपा ५ चाकलढुङगाका २८ बर्षिय दिपकराज पौडेल , शिनपा ७ जुकेनाका ४ बर्षिय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षिय सुमित्रा भाट क्षेत्री रहेका छन् । यसै गरि कपिलवस्तु सिवराज नगरपालीका ४ चनौटाका ६२ बर्षिय रूमकला पौडेल , शिवराज नगरपालीका ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षिय तोयनारायण बन्जाडे , शिवराज ३ कै ३१ बर्षिय हुमलाल पौडेल, ६० बर्षिय चुमकला बिक , ४ नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षिय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षिय तुलाराम बन्जाडे घाईते भएका छन् । घाईते मध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक , सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ बर्षिय श्रीधर नेपालीलाई थप उपचारका लागि बुटवल पठाईएको छ । गाडिको क्षमता भन्दा बढि यात्रुको चाप भएकाले ब्रेकको पाईप फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४२ जना सवार रहेको बताईएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमै अनियन्त्रित भई बस पल्टिदा अमराई जुकेना सडक अवरुद्ध भएको छ । सडक अवरुद्घ हुदा दर्जनौ गाडि बिच बाटोमै अलपत्र परेका छन् भने भोलि भाइ टीका लगाउन जाने आउने यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न निकै समस्या भएको हाम्रा अर्घाखाँची सहकर्मी बिष्णु कुमार आलेले खबर पठाउनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...