Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कृषकमा उत्साह थप्दै प्रदेश नं ५ सरकारकाे ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

असोज २२

कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित बनेका छन् ।

प्रदेश नं ५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम जिल्लाका चार स्थानमा सञ्चालनमा छ । आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका हुन् । चार वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले आफूहरू उत्साहित भएको स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति सरावलका सदस्य एवं कृषक दामोदर देवकोटा बताउनुहुन्छ ।

सरावल गाउँपालिका–२ को मगरमुडाहा, पट्खौली र अत्रहटी गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँ बाख्रापालनलाई प्रवद्र्धन गरिएको छ । यस कार्यक्रममार्फत यहाँका ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन् । यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका कृषकले व्यावसायिक रुपमै बाख्रापालन गरेका छन् । बाख्रापालनबाट राम्रो आम्दानी र बजारको पनि समस्या नभएकाले आधुनिक तरिकाले व्यावसायिक रुपमै बाख्रापालनलाई अघि बढाइएको किसान बताउँछन् ।

स्थानीय जातको बाख्रा पाल्दै आएका यहाँका कृषकका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत उन्नत जातको बाख्रा, बोका र आधुनिक खोर निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने बाँकी २० प्रतिशत स्वयम् कृषकले नै लगानी गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...