Archives


सुस्तामा दिपावलीको दिन बालिका सम्पर्क बिहिन

वाणगंगा अनलाईन नवलपरासी,  कार्तिक १२

नवलपरासीको पक्लिहवाबाट सोमवार एक बालिका सम्पर्क बिहिन भएकी छिन । सुस्ता गाँउपालिका वडा नं ५ बलिनगर बस्ने मारकण्डे्य चौधरीको (२) बर्षिय छोरी आदिती चौधरी साझ ५ बजे घर छेउमै खेल्दै आएको र केही समय पछि खोज्दा नभेटिएपछि परिवार चिन्तित भएका छन ।

हकाएको बालिकाको खोजी गर्नको लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय युवाहरुको सहभागितामा खोजी कार्य भईरहेको राम नगर प्रहरी चौकीले जनाएको छ ।

गाँउ नजिकै भारतको सिमाना भएको हुदाँ भारतिय प्रहरी संग समन्वय गरी खोजी भईरहेको जनाईएको छ । साथै उक्त नाम ठेगाना भएकी बालिका कतै भेटिए उल्लेखित ठाँउमा सम्पर्क गरीदिनु हुन आग्रह समेत गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...