Archives


जिल्लाका राजनैतिक दलहरुले दिए तिहारको शुभकामना

कात्तिक १२ कपिलवस्तु

नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा कपिलवस्तु जिल्लाका राजनैतिक दलहरुले शुभकामना सन्देश जारी गरेका छन् ।यमपञ्चकको आज मुख्य दिन जिल्लाका विभिन्न राजनैतिक दलहरुले शुभकामना दिएका हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा सम्पूर्ण जिल्ला बासिहरुमा सुख शान्ति समृद्धि तथा सुस्वस्थ्य दिर्घायुको कामना गर्दै शुभकामना दिएको छ । जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव विष्णु शाह द्धारा नेकापा निकट कार्यक्राता तथा समस्त जिल्ला बासिमा शुभाकामाना दिनुभएको हो ।
यस्तै प्रमुख प्रतिपक्षि दल नेपाली कागं्रेस कपिलवस्तुले पनि तिहारको शुभकामना वक्तव्य जारी गरेको छ । नेपालीहरुको मुख्य पर्वको रुपमा रहेको तिहारले सबै दाजुभाई र दिदिबहिनीहरुको सम्बन्धमा भाईचाराको विचार विकास गरोस भन्दै शुभकामना दिएको हो । जिल्ला सभापति सुरेन्द्रराज आचार्यद्धारा जारी विज्ञप्ति मार्फत नेपाली कागं्रेसले जिल्लाका सबै क्रियाशिल सदस्य तथा नेपाली आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरुमा उत्सवको पर्वका रुपमा मनाउन पनि आग्रह गरेको छ ।
यता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पनि तिहारको शुभकामना सन्देश जारी गरेको छ । जिल्ला अध्यक्ष शैलेन्द्र यादवले नेपालीहरुको महान पर्वको रुपमा रहेको तिहार तथा दिपावलीले सबै नेपालीहरुमा समाजवादी समृद्धिको आकाक्षां पुरा हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै राजपा नेपाल कपिलवस्तुले पनि दिपावलीको शुभाकाना सन्देश जारी गरको छ । जिल्ला अध्यक्ष सलिम महोम्मद मुसलमानले तिहारको शुभाकाना दिनुभएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...