प्रहरीले जिल्लामा शान्ति शुरक्षामा कडाई भने पनि जिल्लामा ठुला ठूला जुवाका खाल संचालनमा आएको छ । जिल्लामा चाडबाडको रमाइलोसंगै विकृति पनि बढ्दो छ ।
जिल्ला प्रहरी कार्यालयले चाडबाडको बेला हुन सक्ने अपराध, लुटपाट नियन्त्रण तथा जुवा तासमा निकै कडाई गर्न मातहतका प्रहरी ईकाईहरुलाई निर्देशन समेत दिएको दावि गरेकोछ । तर जिल्लाकै निर्देशन अवज्ञा गर्दै जिल्लाका मुख्य क्षेत्रहरुमा निर्धक्क साथ जुवा तास चलिरहेको छ ।
प्रहरी उपरिक्षक दीपशमशेर जबराले जुवा खाल रहेका क्षेत्र निगरानीमै रहेको र समुदायले सहयोग गरे तत्काल पक्राउ गरि कार्वाही गरिने बताउनुभयो ।