राष्ट्रिय क्रिकेट टिमको कप्तानी मल्ललाई

वाणगंगा अनलाईन, कात्तिक १३, काठमाडौं

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो ।

खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले  पद छाड्ने घोषणा गरेका थिए ।  एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ । संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...