Archives


मंसिर १४ को उपनिर्वाचनले दाङको क्षेत्र नम्बर ३ मा सरगर्मी बढ्यो

कात्तिक १३, दाङ

मंसिर १४ गते हुने उपनिर्वाचनको सरगर्मी तातिसकेको छ । प्राय सबै जिल्लामा उपनिर्वाचनले नेता कार्यक्रताहरुलाई चुनावी नतिजा आफ्नो बनाउने ध्याउन्नमा पु¥याएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् । नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको नाम सिफारिस गरेका हुन् । नेकापले दाङमा आफ्नो पुरानो विरासत जोगाउने दाउमा रहेको छ भने प्रमूख प्रतिपक्षि सहितका अन्य दलहरुले नेकापाको विरासत ढलाउने दाउमा देखिएका छन् । आफूहरु निर्वाचन जित्ने गरी सक्रिय रुपमा लागेको नेकपा दाङका जिल्ला अध्यक्ष टिकाराम खड्काले बताउनुभयो । उहाँले यस पटक पनि नेकपाको जित निश्चित रहेको पनि दावी गर्नूभएको छ । जिल्ला कमिटीले तीनजनाको नाम केन्द्रमा पठाए पनि अन्ततः स्वर्गीय उत्तरकुमार वली पत्नि विमलाले नै टिकट पाउने सम्भावना रहेको केन्द्रका एक नेताले जानकारी दिए ।
त्यस्तै उता प्रमुख प्रतिपक्षी दल नेपाली कागं्रेसले अबको दुई दिनमा उमेद्धारको नाम टुङ्गो लगाउने जनाएको छ । कागं्रेस दाङ जिल्ला पार्टी सभापति कृति खड्काले यस पटकको उपनिर्वाचनमा नेपाली कागं्रेसका उमेद्धारले जित हासिल गर्ने दावी गर्नूभयो । नेपाली कांग्रेसबाट १४ जना उमेदवार सिफारिस भएका छन् ।
कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले प्रदेशस्तरीय कार्यसमितिबाट सिफारिस भएर आएका सबैको नाम केन्द्रीय कार्यसमितिलाई सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर ३ ले किरणबहादुर शाह, केशव आचार्य, खीमप्रसाद खराल, चुडामणि ढकाल, जगतबहादुर खड्का, भरत केसी, मदन रसिक, टीका घर्ती, शंकर डाँगी, सुरेश हमाल, गीता पौडेल, कल्चु चौधरी, घनश्याम शेरपाईली र तारा भण्डारीलाई सिफारिस गरेको छ । मंसिर १४ गते दाङ जिल्लामा प्रदेश सभा सदस्य पदका लागि निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन हुदै छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...