Archives


कृष्णनगरमा कर्फ्यु अझै जारी, गोली लागी मृत्यु भएका सुरजको शव आफन्तको जिम्मा लगाईयो

कपिलवस्तु, कात्तिक १५ 

कपिलवस्तुको सीमानाका कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडपमा एकजनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु अझै जारी छ ।

झडपमा भारतीय नागरिक सुरज पाण्डको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

‘पोस्टमार्टम’पछि सुरजको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको अझै स्पस्ट माग नआएको बताइएको छ ।

स्थानीय प्रशासनले मृतकका आफन्तसित सहमति गर्न नसके केन्द्रीय प्रशासनलाई सिफारिस गर्ने बताइएको छ । यसैबीच, बिहीबार राति १ बजेतिर प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर–५ प्रहरी प्रमुख, एसपी, डीएसपीलगायतको उपस्थितिमा लक्ष्मीपूजाको मूर्ति विसर्जन गराइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...