तरुण दलका नगर अध्यक्षसहित ६ जना पक्राउ

वाणगंगा अनलाईन कात्तिक १५ 

बाँकेमा तरुण दल नेपालगन्जका नगर अध्यक्षसहित ६ जनालाई पेस्तोलसहित इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० नासस्ते भिलेज रिसोर्टबाट बिहिबार साढे आठ बजेतिर पेस्तोल सहित उनिहरुलाई पक्राउ गरेको हो ।

नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको मारुती गाडी नं। बा १८ च ४२११ को गाडी चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूसए लेखेको अटोमेटिक पेस्तोल एक थान, म्याग्जीन एक थान र लोड गरिएको २ थान बुलेट बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनुभयो।

शाहीका अनुसार पेस्तोल सहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं। १३ रामबाघ बस्ने बर्ष ३२ को संदिपजंग शाह, दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताउनुभयो ।

पक्राउ परेका संदिपजंग शाह तरुण दल नेपालगन्जका नगर अध्यक्ष पनि हुनुहुन्छ । शाह लगाएत अन्य ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...