कपिलवस्तुमा पनि दुर्गा मूर्ति विर्सजन

कपिलवस्तु असोज २२

विजया दशमीको सुरुवातसँगै कपिलवस्तुका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिहरु आज देखि विर्सजन गरिदैँ छ । जिल्लाका केहि मुख्य स्थानहरुमा आज नै दुर्गा मूर्तिहरु विर्सजन गरिएको छ भने अन्य स्थानमा क्रमशः पूर्णिमा सम्म विसर्जन गर्ने चलन रहेको छ ।


घटस्थापनाको दिन मूर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोकचोकमा अस्थायी रुपमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गरिएका मूर्तिको आज नजिकका नदी तथा जलाशयमा लगेर विर्सजन गरिने परम्परा रहेको छ । सोहि अनुसार आज जिल्लाको वाणगंगा नगरपालिका भित्रका विभिन्न स्थानमा राखिएका मुर्तिहरु लक्ष्मणघाट स्थित वाणगंगा नदिमा विर्सजन गरिएको हो ।
बिजयादशमीका अवसरमा कपिलवस्तुका विभिन्न चौक तथा बजारहरु चार नम्बर, जितपुर, बोडगाउँ, बनगाई लगाएतका स्थानमा प्रदर्शनमा राखिएका दुर्गा भवानीका मूर्तिहरु धार्मिक परम्पराअनुसार नदी तथा पोखरीमा विसर्जन गरिएको छ । नवदुर्गाको सप्तमी तिथिदेखि पूजाआजाका लागि प्रदर्शनमा राखिएका दुर्गा भवानीलगायत अन्य देवी देवताका माटाका मूर्तिहरु बाजागाजा सहित तौलिहवा बजार परिक्रमा गरी बाणगंगा नदीको रामघाट र जमुवार नदीमा विर्सजन गरिएका हुन् । मूर्ति विसर्जनका लागि सयौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो भने नदी तथा पोखरीसम्म नाचगान सहित पुगेका थिए ।


नेपालमा विजया दशमीको सुरुवातसँगै छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु भित्रिएका थिए । भारतीय बजार सुनौलीमा भारतीय रुपैयाँ १० हजारदेखि ६० हजारसम्म मूल्यका मूर्ति नेपाल भित्रिएका थिए भने कपिलवस्तुका विभिन्न स्थानमा भारतिय कालिगढहरु मुर्ति निर्माणका लागि झण्डै तीन महिना अघि देखि पाल टागेरै बसेका थिए । तराईका जिल्लामा दुर्गा भवानीको पूजाआजा गर्ने प्रचलन निकै बढी भएका कारण तथा सबैका घरमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गर्न नसक्ने हुँदा टोलवासी जम्मा भएर सामूहिकरुपमा पूजा गर्न मूर्ति प्रतिस्थापन गर्ने गरिन्छ । नेपालमा दुर्गा भवानीको मूर्ति बनाउने दक्ष कालीगढको अभावमा मूर्ति खरिदका लागि मात्रै नेपालबाट करोडाँै रुपैया भारत जाने गर्दछ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...