Archives


अवैधानिक पैसा फिर्ता माग्दै युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा

वाणगंगा अनलाईन  कात्तिक १५,

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका छन्।

दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान ९आइओएम०  कलेजले लिएको बढी शुल्कबारे उनीहरूले निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीलेहरूले बिहीबारदेखि आन्दोलन थालेका हुन्।

आफूहरूसँग कलेजले लिएको अवैधानिक शुल्क फिर्ता गराइदिन युनिभर्सलका विद्यार्थीहरू आज जिल्ला प्रशासन कार्यालय रूपन्देही पुगेका थिए। प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेको विषय भएकाले बढी लिएको पैसा फिर्ता गराउन आफूले सहयोग गर्ने बताए।

कलेजमा पढ्ने अधिकांश विद्यार्थी होस्टेलमा बस्छन्। आन्दोलन थालेको भन्दै कलेज प्रशासनले उनीहरूलाई झिमिक्क रात परिसक्दा पनि कलेजभित्र पस्न दिएको छैन।

‘हामीलाई कलेजभित्र रोक लगाइएको छ। आधा घन्टादेखि विद्यार्थी गेटको भुइँमा बसिरहेका छौं,’ ती विद्यार्थीले भने,‘भित्र जान पाइहालियो भने पनि राति केही हुने हो कि भन्ने डर लाग्न थालेको छ।’

कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको ती विद्यार्थीले बताए।चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ गएका थिए।

प्रमुख जिल्ला अधिकारी पन्थले विद्यार्थी होस्टल जान पाउने बताए।‘तर अर्को कलेजका विद्यार्थी त होस्टलमा बस्न पाउँदैनन्,’ पन्थले भने।यसअघि पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका थिए।

सरकारले एक महिनाअघि त्रिविले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन दिएको थियो।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको बैठकले दिएको उक्त निर्देशनबमोजिम रकम फिर्ता गर्न कलेजहरूले आनाकानी गरिरहेका छन्।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...