Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कृष्णनगरमा जारी कर्फयु हट्यो, जनजीवन सामान्य

वाणगंंगा अनलाईन, कात्तिक १६,कपिलवस्तु

कृष्णनगरमा बिहीबार बिहान ११ बजे देखि जारी कर्फयु आज बिहान देखि हटाईएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक सूचना जारी गर्दै कृष्णनगरमा जारी गरीएको कर्फयु हटाईएको जनाएको हो । कर्फयु हटे सँगै जनजीवन समान्य बन्दै गएको छ ।
बिहिबार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका स्थानीय २१ वर्षीय सुरज पाण्डेयका परिवारले शव बुझेका छन्। मृतकका हजुरबुवा ओम प्रकाश पाण्डेय, काका लक्ष्मी पाण्डेयले जिल्ला अस्पतालबाट शब बुझेका हुन्। प्रदेश सभासदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीका प्रतिनिधिसँग बिहीबार राति स्थानीय प्रशासनले १० बुँदे सहमति गरेको थियो। सो सहमतिपछि राति नै दुर्गापुजाको मुर्ति बिर्सजन र मृतक पाण्डेयको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पताल लगिएको थियो। लक्ष्मी पूजाको मूर्ती बिर्सजनका क्रममा बुधबार साँझ २ समूहबीच भएको विवाद बढ्दै गएपछि झडपमा परिणत हुँदा स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेपछि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको थियो। सोही क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट प्रदर्शनमा उत्रिएका स्थानीय पाण्डेयको कृष्णनगर बजारमा मृत्यु भएको थियो । काजक्रिया खर्च बापत २५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार दिउँसो आफूले बुझेको मृतकका हजुरबुवा ओमप्रकाश पाण्डेयले बताए। आफ्नो नातिको जन्मसमेत कृष्णनगर बजारमा भएको र नाजी सुरज आफ्ना पितासँग कृष्णनगरमै २० वर्षदेखि बस्दै आएको मृतकका हजुर बुवा ओम प्रकाशले बताए ।
यसैबिच मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अझै कायमै राखेको छ। दीपावलीमा पूजा गरिएको गणेशरलक्ष्मी पुजाको मूर्ति बिर्सजनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालिन समयका लागि जारी गरेको थियो। बुधबार राती १० बजेदेखि १ बजेसम्म दुवैपक्ष (हिन्दू–मुस्लिम समुदाय) बीच झडप भएको थियो। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको हिन्दू र मुस्लिम पक्षको विवाद हिंसाको तह सम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा कर्फ्यु जारी गरेको हो । बुधबार र बिहीबारको विवादले उग्ररुप लिएसँगै शुक्रबार पनि कृष्णनगर बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । झडपका क्रममा प्रहरीले करिब ५० बढी अश्रुग्यासको सेल प्रहार गरेको थियो। आन्दोलनकारीले पनि प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। हिंसामा प्रहरी र दुईसमुदाय बीचकै ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी पनि घाइते भएका थिए । कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल संचालन गर्दै आएका भारतीय नागरिक सुरज कुमार पाण्डेको मृत्यु भएको थियो।
यसैबीच दुई पक्षको झडपका कारण भएको तनावका बिच आज भएको सहमतिमा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने ब्यक्तिलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे वा नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासनले जनाएको छ । दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो। कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यु जारी गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...