“म सफा गर्छु मेरो नगर” अभियानमा सरोकारवाला यसरी कस्सिए

वाणगंंगा अनलाईन जितपुर ,कार्तिक १६

वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ भन्ने अभियान अन्र्तगत नगर सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । हरेक महिनाको दुई दिन चलाइने अभियान अन्तर्रगत शुक्रबार वडा नम्बर १ को चारनम्बर बजारदेखि पूर्व बैरियासम्म सरसफाई गरिएको हो ।

विहान ७.३० बजे देखि सुरु भएको सरसफाई अभियान ९ बजेसम्म चलेको थियो । सरसफाई अभियानमा नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष बालकुमारी अधिकारी, विष्णु पौडेल, गुणनिधी भुसाल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, पूर्व अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नगरपालिकाका प्रशासकीय अधिकृत केशव भट्टराई, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायतका दर्जन बढी सामाजिक अगुवा सरिक हुनुभएको थियो । यसैगरी आज नै वडा नं. २ को नन्दनगरमा पनि सरसफाई अभियानको सुरुवात भएको छ ।

वडाध्यक्ष विष्णु पौडेलले आजदेखि वडा नं. २ मा सरसफाई अभियान सुरु भएको जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...