वाणगंगा ९ मा रामकुमार बाबाको पूजा सम्पन्न

बाबुराम रायमाझी, कार्तिक १५ भलवाड

बाणगंगा ९ स्थित पडरिया गाँउको दक्षिणतर्फको वनमा परम्परागतरुपमा पूजाआजा गरीदै आएको रामकुमार बाबाको पूजा आज गरिएको छ । हरेक दुई—दुई वर्षको अन्तरालमा सो स्थामा पुजा गर्ने परम्परा रहेको छ । धार्मिक परम्परा अनुसार रामकुमार बाबाको पूजा तिहारको पर्सिपल्ट अर्थात चतुर्थीका दिन रातभर जाग्राम बसी त्यसको भालिपल्ट पञ्चमीको बिहान कुखुराको भाले,परेवा,बोका लगाएतका जनावरको बलि दिने चलन रहेको वडा न.९ का वडा अध्यक्ष धुर्व वेल्वासेले बताउनु भयो । यसरी वनमा गई रामकुमार बाबाको पूजा गर्नाले जंगली जनावरबाट किसानले पालेका गाइवस्तुको नोक्शान नहोस भन्नाका लागि गाइवस्तुको सुरक्षार्थ परापुर्वकालदेखि थारु जातीहरुले गुरुवा अर्थात लामाबाट पूजाआजा गर्ने गरेका छन् । सो स्थानमा साविक भलवाड गाविस र मोतिपुर गाविस हाल वाणगंगा नगरपालिका अन्र्तगतका वडा नम्बर ९,७ र ८ का किसानहरुको सहभागिता रहने गर्दछ । सोहि स्थानमा बिहिबार साँझ युनाइटेड युथ क्लव पडरियाले देउँसी भैलौ प्रदर्शन गरेको थियो । राम कुमारको बाबा रहेको थानमा मेला पनि लाग्ने हुँदा हजारौकोे संख्यामा दर्शकहरुको उपस्थिती रहेको राम कुमार बाबा पूजा परिचालन समितिका अध्यक्ष कुमार मधु वेल्वासेले जानकारी दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...