कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
बसले ठक्कर दिदा नाबालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पिपराका अनुसार जिल्लाको वाणगंगा नगरपालिका वडा नं ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राजेश थारुका छोरा टोपेन्द्र थारु रहेका छन् । बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोशीले जानकारी दिनुभयो ।
झण्डा स्थित शुद्धुराम थारुको घरमा लु १ ख ८४७७ नं को बस पार्किङ्गबाट निकालेर भैरहवा जाने क्रममा बालक खेलिरहेको अवस्थामा नदेखिएपछि बसले ठक्कर दिएकोे बताइृएको छ ।
ठक्कर दिने बसका चालक मृतक थारुको काका रहेका छन । बस र चालक इलाका प्रहरी कार्यालय पिपराकोे नियन्त्रणमा राखिएको इृलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । ।