दुर्गा मुर्ति सेलाएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुदा २२ जना घाईते । ।

वाणगंगा अनलाईन असोज २२


दुर्गा मुर्ती सेलाएर फर्किने क्रममा ट्याक्टर पल्टीदा कपिलवस्तुमा २२ जना घाइते भएका छन । बुद्दभुमि नगरपालिको इमिलियामा दुर्गा मुर्ती सेलाएर फर्किने क्रममा आज गेलवारमा लु २ त १६५८ न को ट्याक्टर अनियंत्रित भै पल्टिएको थियो । ईलाका प्रहरी गोरुसिंगेका अनुसार ट्याक्टरमा ३ दर्जन बढी सवार थिए । प्रहरी अनुसार घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको छ । उनीहरुको मर्सि्टिज अस्पतालमा उपचार भैरहेको छ । घाईते ६ जनालार्ई साझा अस्पताल बुटवलमा रिफर गरिएको छ । सामन्य घाईते भएका १३ जनाको बुद्धभुमी नगरपालिका– २ स्थित पोलिक्लिनिक गोरुसिङेमा उपचार भैरहेको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेका प्रहरी निरीक्षक टक्कर बहादुर स्वारले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...