गुल्मीको चन्द्रकोटमा एक महिला र दुई बालिकाको शव फेला

कार्तिक १६, 

गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हरराचौरमा तीन जनाको शव फेला परेको छ । शनिबार बिहान एक महिला र दुई बालिकाको फेला परेको हो । महिलादेखि एक बालिकाको शव दुई सय मिटर टाढा र अर्को बालिका दुई सय ३० मिटरको दुरिमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले बताए । मृतक महिला अन्दाजी २७ वर्षीया र बालिकाहरु अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए ।

घटनास्थल सरमुकामबाट साढे पाँच घण्टाको सवारी दुरिमा रहेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थल तर्फ लागेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...