Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

साझा पार्टीले दाङ क्षेत्र नम्बर ३ (ख) को उपचुनावमा चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय 

कात्तिक १६ 

साझा पार्टीले दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा उम्मेदवारमा शिवकुमार चौधरीलाई उठाउने निर्णय गरेको छ ।

आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावमा चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीले जनाएको छ।

तत्कालीन एमालेको तर्फबाट विजयी हुनुभएका प्रदेश सांसद उत्तरकुमार ओलीको निधनपछि यो क्षेत्र रिक्त भएको थियो । अन्य दलले उम्मेद्वार टुंगो नलगाउँदै साझा पार्टीले दाङमा आफ्ना उम्मेद्वार तय गरेको हो ।

यसअघि साझा पार्टीले कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नम्बर १ ९क० को प्रदेशको उम्मेदवार घोषणा गरिसकेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...