जनता द्धारा निर्मित अस्पताल जनता कै सेवामा लाग्नु पर्नेमा जोड : सांसद कमाल

गणेश पोख्रेल जितपुर कार्तिक १६

कपिलवस्तु सामुदायिक अस्पतालको दोस्रो वार्षिक साधारण सभा सिदार्थ क्याम्सको सभाहल बुङ्चीमा सम्पन्न भएको हो । कपिलवस्तु जिल्लाको एक मात्र सामुदायिक अस्पतालको रुपमा रहेको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरले रकम अभावमा उपचार सेवाबाट बञ्चित बनेका नागरिकहरुले पनि सामान्य दस्तुरमा पनि आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले पछिल्लो समय सुविधा सम्पन्न प्रविधिहरु सँगै स्वास्थ्य उपचार सेवा प्रदान सुरु गर्दै छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अत्तर कमाल मुसलवानले सामुदायिक अस्पतालको योगदानको र सामुदायिक अस्पतालले गरेका केही उदाहरणीय कार्यको उच्च प्रसंसा गर्दै मानव जिवनको स्वास्थ्य संग जोडिएको यस अस्पताल भन्ने शब्द जुन छ । त्यो मानिको जिवन मरण जस्तो एउटा कार्यमा अस्पताल जिम्मेवारी रहने हुदा संबेदनसील क्षेत्रमा यस क्षेत्रको मुटुमा अवस्थीत कपिलवस्तु सामुदायिक अस्पतालले आफनो सेवा बिस्तारमा लागेकोमा हार्दिक धन्यवाद दिदै । नेपाल सरकारले कपिलवस्तु सामुदायिक अस्पतालका लागि आवश्यक सेवा बिस्तारका लागि उहाँले सहयोग माग गर्ने बताउदै जनता द्धारा निर्मित अस्पताल जनताको सेवामा लाग्नु पर्नेमा जोड दिदै यस क्षेत्रका बिरामी जिल्ला बाहिर जानु पर्ने समस्याको अत्य गर्ने कुरा व्यक्त गर्नु पर्नेमा बताउनु भएको थिया ।
बिशिष्ट कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व लेखा समितिका संयोजक डोर प्रसाद उपाध्यायले कपिलवस्तु सामुदायिक अस्पताल निर्माणका लागि सहयोग गर्नु हुने सबै दानदाता तथा सामुदायिक अस्पतालको स्थापनाका लागि सहयो पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्दै उहाँले कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु जिल्ला वासिको मात्र नभएर छिमेकी जिल्लाहरुको पनि एउटा गौरवको रुपमा छिमेकी जिल्ला अर्घाखाची अर्घाखाँची ,रुपन्देही,दाङ्ग, व्यूठान लगायतका जिल्लाका बिरामीका लागि पनि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा बिस्तार गर्दै गएकोमा उहाँले अस्पतालको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।

??

प्रदेश सांसद बिष्णु पन्थीले सामुदायिक अस्पतालले गरेका हरेक क्रिर्याकलापमा आफु सहभागी हुदै आएको र प्रदेश सरकारबाट हुने सहयोगबाट कतैबाट पनि आफुले छुट्न नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रमको स्वागत मन्तव्य सामुदायिक अस्पतालका उपाध्यक्ष तथा सामुदायिक रेडियो वाणगंगाका अध्यक्ष दुर्गा बहादुर के।सी गर्नु भएको थियो । भने कोषाध्यक्ष रबि बहादुर काफ्लेले आर्थिक वर्ष ०७५ ̸ ०७६ को कुल ३ करोड ३ लाख बराबरको आय—ब्यय सार्वजनकीकरण गर्नुभएको थियो ।
सामुदायिक अस्पताल निर्माणमा ५० हजार भन्दा बढी सहयोग पुर्याउने दानदातालाई तथा जेष्ठ नागरिक कार्यक्रममा सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रसका केन्दीय सदस्य तथा सांसद अत्तर कमाल मुसलवानको प्रमुख आतिथ्यतारहेको कार्यक्रमकममा सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनको अध्यक्षता रहेको थियो । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल,जिल्ला समन्य समितीकी उप प्रमुख मिरा थारु वडा नम्बर ५ का वडा भिष्म भुषाल वडा नम्वर ९का वडा अध्यक्ष धुर्व बेल्वासे ,साना किसान कृषि सहकारी संस्थाका इमिलियाका अध्यक्ष पदम खनाल,वगाईका अध्यक्ष भिम प्रसाद सापकोटा,सिदार्थ क्यापसका क्यापस प्रमुख खेमराज शर्मा होराईजन स्कुलका प्राचार्य वासुदेव घिमिरे रेडियो वाणगंगा स्टेशन म्यानेजर गणेश पोख्रेल रेडियो वाणगंगा भलवाड सहकर्मी वावुराम रायमाझी पत्रकार नारायण पाण्डे लगायत अस्पतालका आजिवन सदस्य तथा समाज सेवी बुद्धिजीवीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अस्पतालका महासचिव पोमनारायण पौडेल गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...