बुटबलबाट दिल्ली जान हिँडेको यात्रु बसको चाबी बुटबलको आँखा अस्पताल अगाडिबाट लुटिएको छ । ४/५ वटा बाइकमा आएको समूहले साँझ साढे ६ बजे बस रोक्न लगाइ भित्र छिरेर यात्रुलाई कुटपिट समेत गरेका छन् ।
अज्ञात समुहले भारतको उत्तर प्रदेशमा दर्ता भएको युपी ५३ एफ पी ४९०७ नम्बरको गाडीको चाबी थुतेर फरार भएको बसका कर्मचारी रामु भुषालले जानकारी दिए ।
उनीहरूको आक्रमणमा परि सीता ट्राभल बुटवलका सञ्चालक शिव भट्टराईलाई आँखा नजिक चोट लागेको बसका कर्मचारी रामु भुषालले बताए ।कुटपिट गर्दै चाबी लिएर फरार भएकाहरूको खोजी भइरहेको रूपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । दिल्ली जानका लागि हिँडेको सो बसमा करिब ४५ जना यात्रु सवार रथिए ।