कपिलवस्तुमा पहिलो पटक हुन लागेको कपिलवस्तु डान्सीङ्ग स्टार २०७६ को तिव्र रुपमा तयारी भइरहेको छ ।
जिल्लामा पहिलो पटक प्रतियोगीता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी आयोजक सस्था छमछमि कला केन्द्रले जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गर्दै आगमी मंसीर १५ गते देखी रियालिटी शो प्रतियोगीता हुने छमछमी कला केन्द्रका प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो ।
कपिलवस्तुको तौलिहवा, चारनंम्बर जितपुर, गोरुसिगें, इमिलिया र चन्द्रौटा लगाएत क्षेत्र वाट करिब एक हजार प्रतिस्प्रधामा आउने लक्ष्य रहेको कला केन्द्रका प्रमुख पौडेलले वताउनुभयो ।
पहिलो चरणमा यही कार्तिक १९ र ३० गते विभिन्न स्थानमा अडिशन हुने बताइएकोछ । स्थानिय स्तरमा लुकेर रहेको क्षमतालाई डान्सीङ्ग स्टारको माध्यम वाट वाहिर ल्याउन सकिने आयोजकको विश्वास रहेको छ ।
डान्सीङ्ग स्टारको जजको रुपमा नेपालको चर्चित नायिका पुजना प्रधान, मोडल हरिशरण रिजाल र छमछमी कला केन्द्रका प्रमुख तथा नित्य निर्देशक सुमन पौडेलरहेका छन । डान्सीङ्ग स्टारमा प्रथम हुनेले नगद १ लाख ,द्धितियले ५० हजार र तृतियले २५ हजार पुरस्कार पाउने छन ।