Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

पतिले अर्के बिहे गरेपछि अंशसहित सम्बन्ध–बिच्छेदको मुद्दा दर्ता गर्न बाध्य

वाणगंगा अनलाईन कात्तिक १७

पुथा उत्तरगंगा गाउँपालिका–८ की सिर्जना (नाम परिवर्तन) अहिले १९ वर्षकी भइन्। १४ वर्षमा परिवारले गाउँको केटासँग विवाह गराइदियो। बिहेपछि दुवैबीच चाहना र बाध्यता फरक भए।

१५ वर्षमै बच्चा जन्माएकी सिर्जना १९ वर्ष पुग्दा दोस्रो सन्तानकी आमा बनिन्। तर बिहेलगत्तै पतिसँग सुरु भएको खटपट समाधान नहुँदा अहिले सम्बन्ध–बिच्छेदको अवस्थामा पुगेको छ। सम्बन्ध–बिच्छेदको माग गर्दै अदालतमा पुगेकी उनले पतिले लामो समयदेखि घर छोड्न धम्की दिँदै गालीगलौज र कुटपिट गर्न थालेपछि बाध्य भएर अदालत पुगेको बताइन्। उनको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। उमेर नपुग्दै बिहे गर्ने र केही वर्षमै सम्बन्ध–बिच्छेद गर्नेको संख्या बढ्दो छ।

पुथा उत्तरगंगाकै रमिता मगरले आठ वर्षअघि १५ वर्षको उमेरमा भागेर प्रेम बिहे गरिन्। त्यसको एक वर्षभित्रै आमा बनेकी मगरलाई सुबै दुःखमा साथ दिउँला भनी कसम खाएको लोग्नेले नै दैनिक कुट्न थाले। उनी पनि दिनभर काम गर्दासमेत पतिले पेटभर खान नदिएको, कुटपिट गर्ने तथा वैदेशिक रोजगारीमा गएपछि आफू र बच्चाको वास्ता नगरेको र घरेलु हिंसा गरेको भन्दै पटक–पटक प्रहरी चौकीमा पुगिन्। प्रहरीले दुवैलाई राखेर धेरैपटक मेलमिलाप गराएर घर फर्कायो। तर उनीहरूको सम्बन्ध सुमधुर बन्न सकेन।

अन्तत रमिता सम्बन्ध–बिच्छेदका लागि अदालतमा पुगिन्। यस्तै सिस्ने गाउँपालिका–२ की २१ वर्षीया कमला बुढाका दुई छोरी छन्। १६ वर्षको उम्मेरमा बिहे गरिकी उनी आफ्नी छोरीलाई काखमा च्यापेर अदालत धाउँदै आएकी छन्। पतिले अर्के बिहे गरेपछि अंशसहित सम्बन्ध–बिच्छेदको मुद्दा दर्ता गरेको उनले बताइन्। ‘सुरुमा राम्रै सम्बन्ध थियो, जेठी छोरी एक वर्ष भएपछि हामीबीच विवाद सुरु भयो’, उनले भनिन्, सानै उमेरमा बिहे गरेका महिला नै घरेलु हिंसाको पीडामा रहेको भुमे गाउँपालिका–७ की ममता पुनले बताइन्।

अधिवक्ता तथा अधिकारकर्मी रचना मल्लले रुकुममा बालविवाह र सम्बन्ध–बिच्छेदको दर उच्च रहेको बताइन्। जिल्ला अदालतमा गतवर्ष ५८ वटा सम्बन्ध–बिच्छेदका मुद्दा दर्ता भएका थिए। यसरी सम्बन्ध–बिच्छेद गर्ने अधिकांश १९ देखि २६ वर्षसम्मका छन्। सम्बन्ध–बिच्छेद गरेका अधिकांश जोडीले आ–आफ्नै बाटो राजे पनि उनीहरूका बालबालिकाको भने बिचल्ली छन्।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...