घर झगडामा हानाहान हुँदा श्रीमानको मृत्यु

कार्तिक १७

बाँके खजुरा गाउँपालिका–२, सीतापुरमा शनिबार राति श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।

राति ९ बजेपछि श्रीमान र श्रीमतीका बिचमा झगडा हुँने क्रममा हात हालाहाल हुँदा गीता घर्तिमगरको कुटाईले महेन्द्रकुमार घर्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मदिरा सेवन गरेका श्रीमानसँग श्रीमतीको धान बेच्ने विषयमा झगडा भएको थियो । झगडाले उग्ररुप लिँदै कुटपिटसम्म पुगेको थियो । प्रहरीले श्रीमती गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

श्रीमतीले श्रीमानको टाउकोमा काठले हान्दा श्रीमान ढलेका थिए  । सुरुमा स्थानीय मेडिकलमा लगेर उपचार गरियो । केही टाका लगाइयो  थप उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको र मृतकको शव अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले घर झगडामा हानाहान हुँदा श्रीमानको मृत्यु भएको बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...