Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

नगरपालीकालाई असफल वनाउन मिडियामा गलत प्रचार गरियो :नगर प्रमुख श्रेष्ठ ।।

वाणगंगा अलाईन गणेश पोख्रेल

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभूमि नगरपालिकालाई असफल बनाउने पक्षहरु बढि हावी भएको बताउनु भएको छ ।

नगरपालिकाले गरेका बिभिन्न गति विधिहरुको बारेमा जानकारी गराउने उद्देश्यका साथ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मेयर श्रेष्ठले बुद्धभुमिबाट हाल नगरपालिकामा देखा परेको समस्याका बिषयमा जानकारी गराउदै केही दिन अगाडि केही अनलाईन मिडियाहरुमा नगरपालिकालाई जोडेर समाचार सम्प्रेसण भएको बिषयमा बोल्दै त्यसको प्रमुख कारण रुकुमको मुसीकोटमा सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्य थमौती लिएर नगरपालिका पुनः आए पछि विवाद बढ्दै गएको बताउनु भयो । समय पुगेपछि कर्मचारी सरुवा हुनु स्वभाविक प्रक्रिया रहे पनि प्रमुख प्रशासकीय अधिकृत पाध्याले अनावश्यक किचलो झिक्ने काम गरेको उहाँको भनाई छ ।
बुद्धभूमि नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि पाध्य प्रमुख प्रशासकीय अधिकृतको रुमा कार्यरत रहनुभएको थियो । त्यस पश्चात पाध्य कैलाली सरुवा हुन ुभएको थियो भने पुन ः थमौती लिएर बुद्धभूमिमै दुई बर्ष काम गर्नु भएको थियो । हाल उहाँलाई मन्त्रालयले सरुवा गरेर रुकुम पश्चिम पठाएको छ ।
उनी त्यहाँ जान नमानेको बताईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पठाएको व्यक्तिलाई एक हप्ता दिनमै थमौती दिएर कर्मचारी र जनप्रतिनिधि बीच द्धन्द्ध बढाउने काम गरेको भन्दै मेयर श्रेष्ठले गुनासो गर्नु भयो । पाध्याको सरुवा पछि उत्पन्न विवादको फाइदा उठाएर नगरपालिकाको चरित्रहत्या गर्न केही व्यक्ति सक्रिय भएको पनि उहाँले बताउनु भयो ।
त्यस्तै उँहाले पत्रकारिताको मर्म र धर्म विपरित नजान पनि उपस्थित पत्रकारहरुलाई आग्रह गर्नुभयो । सामाजिक सुरक्षाभत्ताको रकम निकासामा पनि समस्या र अन्य प्रबासनिक काममा पनि वाधा भईरहेको भन्दै उहाँले नगरपालिका सँगै आफुलाई पनि असफल साबित गर्न केहि व्यक्तिहरु लागीपरेको उहाँले प्रष्ट पार्नु भयो । पत्रकार भेटघाट कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’, वडा नं. ४ का वडाध्यक्ष पवनकुमार थारु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, महासंघका प्रदेश सस्दय मनोज कुमार श्रीवास्तव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, पूर्व जिल्ला उपाध्यक्ष किरणमान ब्रजाचार्य लगायत दर्जन बढी पत्रकारको उपस्थिती रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...