कपिलवस्तुको वाणगंगा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापित गर्न चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगरबाट आएको एक टोलीले नगरपालिका भित्रका विभिन्न ऐतिहासिक स्थलहरुाके भ्रमण गरेका छन् ।
छिचौँ नगरका उप प्रमुख फु चिन क्वाङ्ग सहितको ६ सदस्य टोली वाणगंगा नगरपालिकामा आएको हो । चिनिया टोलीलाई आज नगरका विभिन्न स्थलहरुको अवलोकन गराउने क्रममा भव्य स्वागत पनि गरीएको थियो । आज दिनैभर घुमफिरमै व्यस्त रहेको सो टोलीले नगरपालिका भित्रका विभिन्न स्थलहरु वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम, वडा नम्बर ८ स्थित मधुवन धाम, वडा नम्बर २ स्थित नन्दनगर, पर्यटकिय स्थल राजापानी लगाएतका स्थानको भ्रमण गरेको नगरपालिकका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसालले जानकारी दिनुभयो । भ्रमण टोलीलाई सम्बन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु सहित स्थानिय अगुवाहरुले स्थानिय संस्कृति सहितका पोशाक र भेषभुषाको प्रर्दशन गरी भव्य स्वागत पनि गरेका थिए । सो टोलीले जिल्लाको वाणगंगा नगरपालिका र चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगरका बिचमा भगिनी सम्बन्ध स्थापित गर्न दुई नगरपालिकाका जनप्रतिनिधिहरुले हस्तक्षर गरेका छन् ।
वाणगंगा नगरपालिकाका प्रमूख मंगलप्रसाद थारु तथा छिचौँ नगरका उप प्रमूख फु चिन क्वाङले सम्झौता पत्रकमा हस्ताक्षर गर्नुभएको हो । उहाँ सँगै प्रदेश सभा सदस्य विष्णु पन्थी, नेकाप अध्यक्ष झविलाल पोख्रेल, नेपाली कागं्रेस जिल्ला कार्यसमिति सदस्य रवि काफ्ले, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो । भगिनी सम्बन्ध स्थापना भए सँगै अब दुई देशका दुई नगर्बिचमा मुख्य गरी पाँच बुद्धामा सहयोगको अपेक्षा गरिएको बैदेशिक विभाग प्रमुख गुणनिधि भुषाले जानकारी दिनुभयाो । दुई नगरका बिचमा सासंस्कृतिक आदान प्रदान गर्ने, आर्थिक विकास तथा लगानिमा सहयोग आदान प्रदान गर्ने, पर्यटनमा सहयोग, शिक्षा स्वास्थ्यमा सहयोग प्रदान गर्ने अपेक्षा वाणगंगा नगरपालिकाले लिएको छ । यो सँगै नगरपालिकामा बुद्ध शिक्षाको प्रर्वदनमा सहयोग आदान प्रदान गर्ने पनि सम्झौता गरिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका संग भगिनी सम्बन्ध स्थापित गर्न चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगरबाट आएको एक टोलीले नगरपालिका भित्रका विभिन्न ऐतिहासिक स्थलहरुाके भ्रमण गरेका छन् । छिचौँ नगरका उप प्रमुख फु चिन क्वाङ्ग सहितको ६ सदस्य टोली वाणगंगा नगरपालिकामा आएको हो । चिनिया टोलीलाई आज नगरका विभिन्न स्थलहरुको अवलोकन गराउने क्रममा भव्य स्वागत पनि गरीएको थियो । आज दिनैभर घुमफिरमै व्यस्त रहेको सो टोलीले नगरपालिका भित्रका विभिन्न स्थलहरु वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम, वडा नम्बर ८ स्थित मधुवन धाम, वडा नम्बर २ स्थित नन्दनगर, पर्यटकिय स्थल राजापानी लगाएतका स्थानको भ्रमण गरेको नगरपालिकका बैदेशिक विभाग प्रमुख गुणनिधि भुसालले जानकारी दिनुभयो । भ्रमण टोलीलाई सम्बन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु सहित स्थानिय अगुवाहरुले स्थानिय संस्कृति सहितका पोशाक र भेषभुषाको प्रर्दशन गरी भव्य स्वागत पनि गरेका थिए । सो टोलीले जिल्लाको वाणगंगा नगरपालिका र चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगरका बिचमा भगिनी सम्बन्ध स्थापित गर्न दुई नगरपालिकाका जनप्रतिनिधिहरुले हस्तक्षर गरेका छन् । वाणगंगा नगरपालिकाका प्रमूख मंगलप्रसाद थारु तथा छिचौँ नगरका उप प्रमूख फु चिन क्वाङले सम्झौता पत्रकमा हस्ताक्षर गर्नुभएको हो । उहाँ सँगै प्रदेश सभा सदस्य विष्णु पन्थी, नेकाप अध्यक्ष झविलाल पोख्रेल, नेपाली कागं्रेस जिल्ला कार्यसमिति सदस्य रवि काफ्ले, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो । भगिनी सम्बन्ध स्थापना भए सँगै अब दुई देशका दुई नगर्बिचमा मुख्य गरी पाँच बुद्धामा सहयोगको अपेक्षा गरिएको बैदेशिक विभाग प्रमुख गुणनिधि भुषाले जानकारी दिनुभयाो । दुई नगरका बिचमा सासंस्कृतिक आदान प्रदान गर्ने, आर्थिक विकास तथा लगानिमा सहयोग आदान प्रदान गर्ने, पर्यटनमा सहयोग, शिक्षा स्वास्थ्यमा सहयोग प्रदान गर्ने अपेक्षा वाणगंगा नगरपालिकाले लिएको छ । यो सँगै नगरपालिकामा बुद्ध शिक्षाको प्रर्वदनमा सहयोग आदान प्रदान गर्ने पनि सम्झौता गरिएको छ ।