सबै ठकुरी एकजुट भएर लाग्न महासंघका केन्द्रीय अध्यक्ष सिंहको आग्रह ।

गणेश पोख्रेल वाणगंगा अनलाईन कात्तिक १८ कपिलवस्तु

शान्ति समृद्धि नेपालको कामना ठकुरी जातीको चाहना भन्ने नाराका साथ नेपाल दर्शन समाज कपिलवस्तुले वाणगंगा नगपालिका वडा नम्बर ४ दर्खास्तमा रहेको श्रीपेच होटेलमा १६ औँ जन्मोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

दर्शन समाजका अध्यक्ष राजेन्द्र विक्रम शाहले वार्षीक प्रगति प्रतिवेदन , सचिव सुनिता सेनद्धारा प्रगति प्रतिवेदन तथा समाजका कोषाध्यक्ष फवेन्द्र सेनद्धारा आव ०७५।०७६ र आव ०७६।०७७को आर्थीक प्रगति प्रतिवेदन प्र्रस्तुत गरिएको थियो । प्रतिवेदनमा संस्थाले गरेका विभिन्न क्रियाकलापहरु प्रकाश पार्नु भएको थियो ।
ठकुरीहरु एकजुट हुनका लागि दर्शन समाजको स्थापना गरिएको नेपाल ठकुरी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र कुमार सिंहले बताउनु भयो । सह अस्तित्वको रुपमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै ठकुरीहरुले आफ्ना हक हितका लागि सबै एकजुट भएर लाग्न लागि आग्रह गर्नु भयो । उहाँले देशका विभिन्न जिल्लामा छरिएर रहेका हरेक जातजातिहरुले सरकारबाट पाउनु पर्ने अधिकार सुनिश्चित गर्नका लागि पहल गर्न सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा मन्तव्य दिदै सिद्धार्थ सामाजिक विकास संस्थाका उपाध्यक्ष सूर्य कुमारी शाहीले ठकुरीहरुको संस्कारमा अराजकता आउन नदिन र ठकुरीको सानलाई बचाउनका लागि दर्शन समाजको स्थापना गरिएको बताउनु भयो । पूर्खाहरुको सानलाई जोगाउन सबै ठकुरी समाज एकजुट हुनु जरुरी रहेको बताउदै कपिलवस्तु ठकुरी समुदायको बाहुल्यता रहेको जिल्ला भएको थियो । उहाँले राज्यले ठकुरी जातीका हक हितका लागि विशेष पहल गरिदिनु पर्ने दावी गर्नु भयो ।
यस्तै कपिलवस्तु क्षेत्री समाज कपिलवस्तुका अध्यक्ष देबेन्द्र कुमार पोख्रेलले ठकुरी समाजले आफ्नो समुदायको हित, एकता, भेषभुषा, भाषा, धर्म संस्कृतिलाई एकताबद्ध भएर लागिरहेको बताउनु भयो । उहाँले जातीय हिंसा र अन्यायमा परेका जात जातीलाई न्याय दिलाउने किसिमका काम गर्नु पर्ने बताउँदै सरकारले जातीय हक हितका कुरालाई सम्मान गर्नु पर्ने स्पष्ट पार्नु भयो । ठकुरी जाति लगायत अन्य जात जातिहरुका हक हितका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
राजनीतिक क्षेत्रतर्फ नेपाली कंग्रेस, नेकपा लगायतका व्यक्तीत्व ,शिक्षा, स्वास्थ्य, सफल व्यावसायी, सफल उद्यमी, सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरु, संस्थाका आजिबन सदस्यहरु लगायत ७० बढीलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा दर्शन समाजकी उपाध्यक्ष सुष्मा खाँडको स्वागत मन्तव्य तथा समाजका सचिव सुनिता सेनको संचालनमा नेपाल दर्शन समाज कपिलबस्तुको आयोजा तथा श्रीपेच होटल एण्ड रिसोर्ट प्रालिको सह आयोजनामा बानपा ४ दर्खास्त सम्पन्न भएको थियो ।
समाजका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, ठकुरी महासंघका चन्द्र कुमार सिंह को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गरी नेपाल दर्शन समाजका वरिष्ठ उपाध्यक्ष खिम बहादुर शाहीको विशिष्ट आतिथ्यता नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाइ, नेपाली कग्रेसका जिल्ला सदस्य रवि बहादुर काफ्ले, दर्शन बचततथा ऋण सहकारी सस्थाका अध्यक्ष विदुर मल्ल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, ठकुरी समाजका आजिबन सदस्यहरु , लगायत जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, पूर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्धिजीवि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सचिव सुनिता सेनले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...