उज्यालो सहकर्मी आचार्यलाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान

कात्तिक १८,

उज्यालो सहकर्मी प्रेमनारायण आचार्य उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

सन्धिखर्कको चुत्राबेसीमा हरेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत हुनुभएको हो । उहाँ विगत १२ वर्षदेखि राष्ट्रिय तथ स्थानीय मिडियामा कार्यरत हुनुहुन्छ ।

अर्घाखाँचीमा बसेर सहकारीको क्षेत्रमा उत्कृष्ट कलम चलाए बापत आचार्यलाई पुरस्कृत गरिएको हो ।

सहकारीको आठौँ साधारण सभा तथा पाँचौ अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विक र संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले आचार्यलाई दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभयो।

आचार्यले पुरस्कार बापतको रकम जनगायक जीवन शर्माका छोराको उपचारका लागि प्रदान गर्नुभएको छ । अर्घाखाँचीमा जीवन शर्माका छोरा बचाऊ अभियान चलाइरहनुभएका कविराम खनालमार्फत पुरस्कार बापतको रकम आचार्यले प्रदान गर्नुभएको हो ।

कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयबाट गएको वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए अंक ल्याउने २/२ जना शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

२०६८ सालमा स्थापित संस्थामा अहिले एक हजारभन्दा बढी शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...