(नेकपा) ले टुंगो लगायो सात वटै प्रदेशमा प्रमुखको नाम (नामसहित)

कात्तिक १८, काठमाण्डौ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएको थियो । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।
पार्टीले अमिक शेरचन चितवन, सोमनाथ अधिकारी प्यासी कास्की, तिलक परियार बाँके, धर्मनाथ यादव सिरहा, गोविन्द कलोनी डडेलधुरा, विष्णु प्रसाईँ झापा र शर्मिला त्रिपाठी काठमाण्डौ को नाम सिफारिस गरेको छ ।

कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा सिफारिस गर्ने महासचिव पौडेलले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...