Archives


सर्पदशं गोरुसिँगेलाई समाग्री सहयोग 

कपिलवस्तु कात्तिक १९ 

एन एम वि वैंकले कपिलवस्तु सर्पदंश उपचार केन्दलाई सामाग्री सहयोग प्रदान गरेको छ  । सोमवार केन्द्रमा आयोजित एक कार्यक्रम विच हस्तातरण भएको हो । हस्तान्तरण कार्यक्रममा वुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ, एन एम वि वैंक प्रदेश नं. ५ प्रमुख सुरेन्द्र मान मर्हजन, उप प्रमुख दिविर विक्रम शाह , वुद्धभुमी नगरपालिका वडा नं. २ अध्यक्ष भेषराज खनाल, सर्पदंशउपचार केन्द्र अध्यक्ष निलकुमार श्रेष्ठ, नेकपा नेता पिताम्वर खनाल, नेपाली कांगेस नगरअध्यक्ष हिमलाल न्यौपाने वुद्धभुमी उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायतको उपस्थिती रहेको थियो । वैंक ले बाटर डिस्पेनसर पंखा लगायतका सामाग्री हस्तान्तरण भएको एन एम वि वैंकले जनाएको छ । नमुनाको रुपमा संचालन भएको सर्पदंश उपचार केन्द्रमा सहयोगले उपचारको लागी आउनेलाई थप राहत हुने नगर प्रमुख श्रेष्ठले वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...