Archives


मुलुकको शाान्ति सूरक्षाको अबस्था सुदृढ हुदै गएको छ– गृह मन्त्री थापा

वाणगंगा अनलाईन, बुटवल,१९ कार्तिक

गृह मन्त्री रामबहादुर थापा (बादल) ले मुलुकको शाान्ति सूरक्षाको अबस्था सुदृढ हुदै गएको बताएका छन् । हिजो देखी बुटवलमा सुरु भएको प्रदेश स्तरीय सूरक्षा गोष्ठिमा सहभागि हुन आएका गृह मन्त्री थापाले आज पत्रकारहरुसँग कुरा गर्दै मुलुकको शाान्ति सूरक्षाकाो अबस्था थप सुदृढ हुदै गएको बताएका हुन् । बिगतमा मुलुकमा बिध्वंस गर्ने र बिखण्डन गर्ने प्रयास भए पनि सरकार त्यसलाई असफल पर्न सफल भएकोले पछिल्लो सममय मुलुकको शाान्ति सूरक्षा थप सुदृढ भएको उनको भनाई थियोे ।

संघीय सरकारको गृह मन्त्रालय र प्रदेशको आन्तरीक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा आयोजित ५ नं प्रदेश स्तरीय सूरक्षा गोष्ठि कार्यक्रममा प्रदेशका मुख्यमन्त्री संकर पोखरेल,आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी,नेपाल प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख,१२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...