अर्घाखाँचीमा कार दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बिष्टले बताउनुभयो ।
जिल्लाको सन्धिखर्क नागरपालिकाको नरपानीमा रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।