अर्घाखाँचीमा कार दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहि सैनामैना नगरपालिका २ मुर्गियाका ७० बर्षिय दुर्गादेवी खड्का ,सोहि ठाउँका ४० बर्षिय तिलक खड्का,र ४३ बर्षिय भक्त बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
अन्य २ जना घाईते भएका छन् ।घाईते हुनेमा रुपन्देहि सैनामैना नगरपालिका २ मुर्गियाका ४९ बर्षिय गंगा बहादुर खड्का,र २८ बर्षिय बिनोद खड्का रहेका छन् ।घाईते दुबै जनालाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछि बुटवल रिफर गरिएको छ ।
जिल्लाको सन्धिखर्क नागरपालिकाको नरपानीमा रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको निजी कार दुर्घटनामा परेको हो । कार सडकबाट झन्डै १ सय ५० मिटर तल खसेको थियो ।
घटना हुना साथ नरपानी प्रहरी,जिल्ला प्रहरी प्रकाश बिष्टको नेतृत्वमा खटिएको १२ जनाको प्रहरी टोली र स्थानिय बासिन्दाको सहयोगमा उद्धार गरिएको छ । कार सडक छेउमा एक्कासी ब्रेक लगाउदा तल खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।