Archives


वाणगंगाका सामुदायिक विद्यालयमा पोषिलो खाजा कार्यक्रम सुरु हुदै ।।

राजेन्द्र खनाल कात्तिक २० कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाजा कार्यक्रम सुरु गर्ने भएको छ ।

वाणगंगा नगरपालिकाको सहयोगमा विद्यायको वालविकास कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाहरुलाई पोषिलो खाजा खुवाउने अभियान अन्र्तगत जनसेवा आधारभूत विद्यालयमा पनि कार्यक्रम सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक ज्ञानपप्रसाद पाण्डेले बताउनुभयो ।

सोहि कार्यक्रम संचलानका लागि आज विद्यालयले वालबालिकाका अभिभावक सँग छलफल तथा परामर्श गरेको उहाँले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रका लागि विनियोजन गरेको बजेट मध्ये वाणगंगा नगरपालिका अन्र्तगतका सामुदायिक विद्यलय तथा वालविकास केन्द्रहरुका लागि १ करोड ८२ लाख रकम प्रदान गरेको थियो ।

सोहि बजेट अन्र्तगत वाणगंगा नगरपालिका भित्रका ४७ सामुदायिक विद्यालय र ६० वटा बालविकास केन्द्रका ८ हजार बालवालिकाहरुका लागि यो कार्यक्रम संचालन गरिएको नगर शिक्षा अधिकृत खिमबहादुर जिसीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्र्तगत प्रति विद्यार्थी दैनिक १५ रुपैया बराबरको खाजा रकम विद्यार्थीका अभिभावकले पाउने छन् ।

नगरपालिकाले विद्यालयको अभिलेख अनुसारका विद्यार्थीका अभिभावकहरुलाई सो खाजाको रकम प्रदान गर्ने जनाइएको छ । कार्यक्रम आगामी असार मसान्त सम्म सन्चालन हुने भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...