गजेहडा खानेपानीको विल इ–सेवाबाट घर मै बसी बसी ।।

गणेश पोख्रेल वाणगंगा अनलाईन

कपिलवस्तुको वाणगंगा नगरपालिका १ उप्टाहमा रहेको गजेहडा खानेपानी तथा सरसफाई उभोक्ता समितीले उपभोक्तालाई सहज रुपमा इ– सेवाबाट सहज रुपमा पानीको बिल तिर्ने प्रबन्ध मिलाएको छ ।


उपभोक्ताले दिन भरी लगाएर पानीको विल तिर्न कार्यालय सम्म जानु पर्ने र बिभिन्न समस्याको अत्यका लागि इ– सेवा कपपिलवस्तुका प्रमुख खेम क्षेत्री र खानेपानी उपभोक्ता समितीका अध्यक्ष राजकुमार खाडँले एक कार्यक्रमका बिच लिखित सम्भौता गरी आजबाट सेवाको शुभआरम्भ गरेका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष खाँडले इ–सेवाले ल्याएको यस सुबिधाले प्रति धन्यवाद दिदै अव उपभोक्ताहरु कार्यालय सम्म धाउनु पर्ने झन्जटको अत्य भएको र लाईमा बसेर दिन भरी लाग्ने समय सृजनसिल क्षेत्रमा लगाउन सक्ने बताउदै आफनो बिना झन्जट घरमा बसी इ–सेवाको मोवाईलबाटै पानीको बिल तिर्न सकिने खानेपानी उपभोक्ता समितीले यसकार्य लाई अव प्रभावकारी रुपमा अगाडी बढाउने बताउदै आधुनिक प्रबिधीको विकासको जमानामा इ–सेवाले ल्याएको यो प्रबिधी नेपाल सरकारका बिभिन्न संघ संस्था बैकिङ्ग क्षेत्रमा पनि धेरै क्षेत्रमा राम्रो प्रभाबका कारण आफना उपभोक्ताको सहजताका लागि समितीले इ–सेवाको सुबिधा लिएर आएको बताउनु भयो ।
कार्यक्रममा वोल्दै इ–सेवा सेन्टर कपिलवस्तु शाखाका प्रबन्ध निर्देशक खिम क्षेत्रीले इ–सेवाले सरकारी तथा गैर सरकारी संस्थाका क्षेत्रमा पारेको प्रभावका वारेमा बुझी यस इ–सेवा संग जोडिएर उपभोक्ताको लागि सहजता प्रदान गर्ने उद्धेश्यका साथ जोडिएकोमा संस्था प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा इ–सेवाले उपभोक्ता समितीका लागि सहयोग गर्ने प्रति बद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा खानेपानी उपभोक्ता समितीका पदाधिकारी उपभोक्ताहरु उपस्थीती रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...