उपनिर्वाचनको मनोनयन आज : का‌ङ्ग्रेस  र नेकपाले मनाेनयन दर्ता गर्दै

कात्तिक २१

यही मंसिर १४ गते हुने उपनिर्वाचनको मनोनयन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता हुन लागेको हो ।

प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परि निधन भएपछि उहाँको क्षेत्र ३ (ख) बिहान ११ वजेदेखि १ वजेसम्म मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन प्रमुख रितेन्द्र थापाले मनोनयन दर्ताका लागि दलहरुलाई समय तोकिदिएको जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १२ साढे १२ वजे नेपाल कम्युनिष्टकलाई मनोनयन दर्ताको समय छुट्याइएको छ ।

नेकपाका स्थायी कमिटि सदस्य एवं प्रदेश ईञ्चार्ज शंकर पोख्रेलको नेतृत्वमा नेकपाका उम्मेदवार विमला ओलीले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जिल्ला ईञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँशो १२ वजे सहिद गेटमा जम्मा भएर मनोनयन दर्ताका लागि जाने कार्यक्रम रहेको छ । यसपूर्व नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...