सासुआमाले ज्वाइमाथि धारीलो हतियार प्रयोग गर्दा एक जना गम्भीर घाइते

 कात्तिक २१ 

दाङमा आफ्नै सासु आमाले धारिलो हतियार प्रयोग गरी ज्वाइलाई कुटपीट गर्दा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर तीनका गणेश चन्दलाई हिजो साँझ ८स्४० बजेको समयमा आफ्नै सासु आमाले धारीलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका हुन ।

घोराही उपमहानगरपालिका वडा नम्रब १० नारायणपुरमा माइत गएको समयमा श्रीमान श्रीमतिबीच भएको सामान्य विवादमा छोरीलाई कुटेको भन्दै सासु आमाले ज्वाईमाथि धारीलो हतियार प्रयोग गरेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते चन्दको टाउकोमा चोट लागेको र उहाँको अवस्था सिरियस रहेको समेत प्रहरीले बताएको छ । चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि हिजो रातीनै नेपालगन्ज रिफर गरिएको छ ।

श्रीमान श्रीमतिबीच भएको विवादमा श्रीमति सरस्वती मल्लपनि सामान्य घाईते भएको र उहाँको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

ज्वाइमाथि धारीलो हतियार प्रयोग गर्ने सासु मधुकुमारी मल्ललाई भने वडा प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...