Archives


चोरी मुद्धा लागेका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

कार्तिक २१

चोरी मुद्धामा फरार अभियुक्तलाई दाङ प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ । चोरीको मुद्दामा अभियोग लागेका घोराही १३ बाह्रकुने दह बस्ने २३ वर्षीय गोविन्द घर्तीमगरलार्य प्रहरीले चार वर्षपछि पक्राउ गरेको हो ।

चोरी गरेको मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले घर्तीलाई दोषी ठहर गर्दै २०७२ असोज १९ गते १ वर्ष ६ महिना २० दिन कैद सजाय फैसला सुनाएको थियो ।

सोही दिनबाट फरार घर्तीमगरलाई प्रहरीले बुधबार पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...