सैनामैनाबाट अवैध लागुऔषध सहीत २ जना पक्राउ

कात्तिक २२

रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहीत २ जनालाइ प्रहरीले पक्राउ गरेको छ।

गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलि ग्राम ब्राउन सुगर नामक लागुऔषध सहीत २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागुऔेषध सम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...