Archives


नेपाल भारत सीमा विवाद कुटनीतिक ढंगले समाधान गर्नुपर्ने सरोकारवालाको गुनासो

कार्तिक २२,

नेपाल भारतको सीमा बिबादलाइ कुटनीतिक ढंगले समाधान गर्नुपर्ने सरोकारवाललाले बताएका छन् ।

सीमाको नाममा बर्षौदेखिको पुरानो घाउ भारतले बेलाबेलामा बल्झाइरहने भन्दै नेपाल सरकारले खुट्टा नकमाइ कुटनीतिक पहल गरेर यो समस्या सधैका लागि समाधान गर्नुपर्ने उनीहरुको राय छ ।

आज रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल सरकारले नै बिबाद समाधानको सार्थक पहल गर्नुपर्ने औंल्याएका हुन् ।
सो अबसरमा बोल्दै सीमाबिद तथा नेकपाका नेता साध्य बहादुर भण्डारीले नेपालका नेताहरुले भारतसंग जथाभाबी सम्झौता गर्ने र जंहा पायो त्यहि हस्ताक्षर गर्ने गर्दा यो समस्या आएको दाबि गरे ।

उनले सम्झौता गर्ने बेला प्रसस्त होमवर्क गर्नुपर्ने भन्दै भारतीय नेतृत्वसंग आंखामा आंखा जुधाएर बार्ता गरेर नया नक्सा खारेज गराउन नेपाल सरकारलाई आग्रह गरे ।

यो दुइतिहाइको सरकारले समस्या समाधान गर्न नसके सरकार बदल्नुपर्ने उनको भनाइ छ । प्राध्यापक तथा बरिष्ठ अधिवक्ता दिल शाहनीले सरकारले नै कुटनीतिक अगुवाई गर्नुपर्ने बताए ।

उनले सबै नेपालीले शैन्य अभ्यास गर्नुपर्ने ,र सरकारले हतियार प्रदर्शन पनि गर्नुपर्ने बताए । अधिवत्ता महेन्द्र पान्डेले सरकरले नै कुटनीतिक तवरले समस्या सुल्झाउन तर्फ लाग्नुपर्ने बताए ।

अन्तिम अस्त्रका रुपमा खुला विश्वमा दवावका विभिन्न उपायहरु अवलम्वन गर्न सकिन्छ ,संयुक्त राष्ट्र संघ छ ,अन्तराष्ट्रिय अदालत छ यी निकायहरुमा जान सकिने उनको भनाइ छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...