Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

शिवराज नगरपालिकाको भवन निमार्णको काम सुरु

कपिलवस्तु  कार्तिक २२,

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निमार्णको काम सुरु गर्न अदालतले आदेश दिएको छ ।

भवन निमार्ण स्थल गलत भएको भन्दै स्थानियहरुले अदालतमा मुद्धा दायर गरेपछी भवन निमार्णको काम रोकिएको थियो । शिवराज नगरपालिका को कार्यपालिकाले वडा न ५ स्थित रहटकोल क्षेत्रमा भवन बनाउने निर्णय गरेको हो । सार्वजनिक जग्गामा भबन बनाउन नपाउने भन्दै मुद्धा दाएर गरेपछी काम ठप्प भएको थियो ।

जिल्ला अदालतले नगरपालिका भवन निमार्णकोे काम रोक्न आदेश दिएको हो। नगरपालिका जिल्ला अदालतले गरेको आदेश प्रति विमती राख्दै उच्च अदालत बुटवल तुल्सीपुर इजलास पुगेको थियो ।

बुटवल तुल्सीपुर इजलासले जिल्ला अदालतले गरेको आदेशलाई बदर गरेर काम सुचारु गर्न भनेको छ । नगरपालिकाको पक्षमा फैसला आएपछि अदालतले नगरबासीको पक्षमा फैसला गरेकोे नगरपालिकाका प्रमुख नेत्रराज अधिारीले वताउनुभयो । मेयर अधिकारीले विकासको काममा अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ ।

नगरपालिकाले भवन निमार्णको लागी डि. पि .आर को काम सकिसकेको छ भने भवन निमार्णको लागी कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता समेत गरिसकेको छ । उक्त भवन १० करोडको लागतमा बन्न लागेको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...