बुद्धभुमिमा इन्सेक कपिलवस्तुद्धारा मानव अधिकार समुह गठन

कपिलवस्तु । ०७६ कात्तिक २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आर्थक समाजिक साँस्कृतिक र आवासको अधिकार सम्वन्धी परियोजना शुभारम्भ गरेको छ ।

परियोजना अन्तरगत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने –इ एल पी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन गरिएको हो । कार्यक्रममा नेपालको संविधान ०७२ ले ब्यावस्था गरेको मौलिक हक अन्तरगतका शिक्षा ,स्वास्थ्य ,खाध्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेक सगं सहकार्य गरेर अगाडी बढने बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै वडा न २ का वडा अध्यक्ष भेषराज खनालले इन्सेकको पहलमा नगरपालिकामा मानवअधिकारका विषय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्न लागेकोमा धन्यवाद दिदै वडा कार्यालयले मानवअधिकारका कदममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्याक्त्त गर्नु भयो । यस्तै वडा न ६का वडा अध्यक्ष नन्दलाल यादवले अधिकार विहीनहरुको आवाज उठानका लागी मानवअधिकार समुह गठन गरेकोमा धन्यवाद दिदै निश्पक्ष भएर काम गर्न सुझाव दिनु भयो ।

यस्तै स्वास्थ्य शाखा प्रतिनिधि गोकण अर्याल, कृषि शाखा प्रतिनिधि देविराम बेलवासे ,महिला तथा बालबालिका शाखाकी द्धगौरा शर्मा पशु सेवा शाखाकी अन्जु आर्चाय , कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष चुरामणी पोखरेल ,जिल्ला स्थित मानवअधिकार निगरानी समुह सदस्य कस्तुरा सिक्देल, लगाएतले परियोजना कार्यन्वयन र मानवअधिकार समुहको सफलताको शुभकामना दिनुभयो । परिचायत्मक बैठक तथा मानवअधिकार समुह गठन बैठकले बुद्धभुमि क्यापसका क्यापस प्रमुख कृष्ण खनाल अध्यक्ष रहेको १३ सदस्य मानव अधिकार समुह बुद्धभुमि पनि गठन गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...