Archives


कन्थक स्तुपमा बिज्ञ टोलीहरुद्धारा उत्खनन सुरु

कपिलवस्तु २३ कार्तिक

बिज्ञ टोलीद्धारा सिद्धार्थ गौतम बुद्धले चढने घोडा कन्थनको समाधी स्थलका रुपमा मानिएको कन्थक स्तुपामा उत्खनन सुरु गरिएको छ ।

जापानि नागरिक तोकुसिनको आर्थिक सहयोगमा बेलायतको दुर्हम बिश्व बिदालय, पुरातत्व बिभाग, लुम्बिनी विकास कोषका बिज्ञ टोलीहरुले अत्याधुनिक बैज्ञानिक तरिकाले उत्खनन, अध्ययन, अनुसंधान र अन्बेशषण सुरु गरेका हुन । पुरातत्व बिज्ञहरुको सात जनाको टोलीको अगुावईमा प्राचिन कपिलस्तुको तिलारकोट दरबार क्षेत्रको पुर्व तर्फ रहेको कन्थक स्तुपामा उत्खनन सुरु गरिएको हो सिद्धार्थ गौतमले गृहत्याग गरे पछि त्यसको बियोग सहन नसके पछि कन्थकको निधन भएको थियो । सोहि संझनामा बुद्धका पिता सुद्धोदनले समाधी सहीतको कन्थक स्तुपा निर्माण गरिएको कथन छ ।

गत बर्ष पनि टोलीले उत्खनन गरको थियो । थप अध्ययन र अनुसंधानकालागि कन्थक स्तुपमा यस बर्ष पनि उत्खननलाई रिन्तरता दिईएको पुरातत्व बिभागका बरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुवँरले बताए । ३ बर्ष अघि कन्थक स्तुपको दक्षिण तर्फ किनारमै उत्खननका क्रममा ठुलो बिहार र पोखरीको भन्नाबशेष फेला परेको थियो । यस्तै सोही स्थानमा घैटोमा राखिएको अवस्थामा करिब ६ सय वटा प्राचिन सिक्काहरु समेत फेला परेका थिए ।

अहिले तिलौराकोट दरबार क्षेत्रको बाहिरी हिस्सामा समेत ठुलो बसती बिहार र धार्मिक स्थल भेटिएका थिए । ब्रिटेनका पुरातत्व बिद बाडेनले सन १८९८ मा पहिलो पटक कन्थक स्तुपमा उत्खनन गरेको थिए । त्यसको एक बर्ष पछि भारतीय पुरातत्वबिद पिसि मुकर्जीले सन १८९९ मा सो स्थानको नक्सा बनाएर अध्ययन गरेका थिए । अहिले सुरु गरिएको उत्खनन २० दिन सम्म संचालन हुने बताईएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...