Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

गुल्मीमा ३ जनाको विभत्स हत्याः २ हप्तासम्म पनि शव र हत्याराको पहिचान हुन सकेन

 कात्तिक  २३

गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु ।चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान तीन वटा शव भेटिएका थिए ।

जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात  वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर, अहिलेसम्म पनि न त शवको पहिचान हुनसकेको छ, न त हत्यारा नै पत्ता लागेको छ ।

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको ख¥र्यान पर्छ । जहाँ उनि दैनिकरुपमा घाँस, दाउराका लागि जानुपर्छ । तर, घटना थाहा पाएपछि भने उनि ख¥र्यानमा जान सकेकी छैनन् । घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेका छ । यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरुलाई झन् त्रसित बनाएको उनले बताईन ।

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो ।” उनले भने,“छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु प¥र्यो ।” त्यसका साथै उहाँले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन बढी त्रास रहेको बताए ।

स्थानीय युवा किरण हमालले दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए । अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे ।

हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाए। शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।

गुल्मी र वाग्लुङका प्रहरीको सहकार्य जरुरी
शव भेटिएको स्थान गुल्मी र बागलुङको सिमाना नजिकमा पर्छ । शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ । त्यहाँ अत्यधिक मात्रामा लागुऔषधको खेती हुने गर्दछ । उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ ।

जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । यसरी दुई जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बागलुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...