लब नेपाल सामाजिक क्षेत्रमा सक्रिय बन्दै ।

कात्तिक २३ कपिलवस्तु

पछिल्लो समय सामाजिक संस्कृतिका नाममा विकृति भित्री रहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित एक संस्थाले  विभिन्न सामाजिक उत्थानका क्षेत्रमा कार्यको सुरुवात गरेको छ ।


लब नेपाल वाणगंगा नगरपालिका वडा नम्बर २ पिपराले पछिल्लो समय सामाजिक क्षेत्रमा राज्य स्तरबाट हुनु पर्ने काममा समेत आफ्नो सक्रियता देखाएको छ । सोहि उद्धेश्यका साथ आज लब नेपालद्धारा नगरपालिका भित्रका विभिन्न क्षेत्रमा काम गरिरहेका संस्थाहरु र विशेष क्षमता भएका विद्यार्थीहरुलाई सहयोग प्रदान गरको छ । महामानव बौद्ध विहार सेवा समाजलाई नगद ५ हजार, प्रकटेश्वर सेवा समितीलाई धार्मिक पुस्तकालय संचालनका लागि सचिव कृष्ण मुरारी ज्ञवालीलाई ५ हजार , जनता मावि पिपराका ११ जना अपाङ्ग छात्र छात्राहरुलाई तन्ना वितरण,मनोकामना गुरुकुलमलाई रु १०हजार आर्थिक सहयोग गरेको हो ।

देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्ये सो रकम सहयोग प्रदान गरिएकोृ संस्थाका अध्यक्ष सन्तोष जिसीले बताउनुभयो । पछिल्लो समयमा देउँसी भैलो खेल्ने र विभिन्न नाममा वनभोज जाने परम्परा बसेका बेला लब नेपालले भने सामाजिक क्षेत्रमा आफ्रनो स्थापनाको एक वर्ष पुरा नहुँदै क्रियाशिल देखिएको छ । त्यस्तै सो क्लबले आज देखि संतोष जि.सीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरको छ ।


नव गठित समितिको उपाध्यक्षमा पुजा शाही, सचिवमा अनमोल श्रीस, सह सचिवमा सचिन जिसि र कोषाध्यक्षमा सनम कार्की रहनु भएको छ । समितिको सदस्यहरुमा इशा जिसी, सूर्य थापा, स्मृति पुन, रोशन कार्की सहितको ९ सदस्यीय समिति चयन गरको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रमा समाजसेवी तथा कृष्ण मुरारी ज्ञवाली,शेर बहादुर गौतम सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले लब नेपाल संस्थाले चालेको यस उदाहरणीय कार्यलाई स्थान्ीय समाज सेवीहरुले खुलेर प्रशंसा पनि गरेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...