Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

वाणगंगा ७ का गिरि बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै (अडियो सहित )

बसन्ता भुषाल कात्तिक २३ कपिलवस्तु

पछिल्लो समय लाखौ नेपाली युवाहरु धन कमाउने आशामा विदेशिने क्रम बढिरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा विदेशमा पसिना बगाएर फर्किनुभएका एक युवाले देशमै सम्भावना देख्नुभएको छ । वडा नम्बर ७ मोतिपुर निवासी जयलाल गिरी अहिले कपिलवस्तु बाखा्रपालन तथा कृषि फर्म संचालन गरी विगत ६ वर्ष देखि कृषि पेसामै रमाउनु भएको छ । २०७० साल देखि सुरु गर्नुभएको कृषि पेशामा अहिले ६० वटा बाख्रा,१२ वटा गाई र ५५ वटा भैसीको पालन गर्नुभएको छ भने पशुपालन सँगै कागति खेती पनि गर्दै आउनु भएको छ ।

गिरीले यहि पेशाबाट मासिक रु १ लाख २० हजार रुपैया आम्दानी गर्दै आएको बताउनुहुन्छ । हालसम्म आफुले राम्रो आम्दानी गरेर आफ्नो परिवारलाई खुसी राखेको पनि उहाँले सुनाउनुभयो । विदेशी भुमिमा झण्डै १३ वर्ष सम्म पसिना बगाउनुभएका जयलाल विदेशी भुमि भनेको अरुको भुमि भएका कारण सोचे जस्तो फल हात पार्न गाह्रो हुने पनि बताउनुहुन्छ ।

आफुले दुःख गरेर फर्किनु भएका गिरिले नेपालमै केहि गर्छु भन्ने उद्देश्यले सुरुमा १५ लाखको लागतमा यो फार्म संचालन गर्नु भएको थियो । पछिल्लो समय उहाँले विदेश जाने मोह त्यागेर पशुपालन तथा कृषि खेती तर्फ लागेको पनि बताउनुभयो । हाल बार्षिक १ करोड बढि आम्दानी गर्ने गरेको र गाई भैसीको दुधबाट राम्रो आम्दानी गरेको पनि बताउनुभयो ।

हाल उहाँको फार्ममा ५ जना व्यक्तिहरुले प्रत्यक्ष रोजगारी पाएका छन । परिवारका सदस्यहरुमा आफू सँगै श्रीमति पनि दैनिक काममा लाग्ने गर्नुहुन्छ । उहाँले स्वदेशमा केहि गर्न सकिदैन भनेर विदेश जाने नेपाली युवाहरुलाई मेहेनत गर्न सके र जोस भए नेपालमै राम्रो आम्दानी गर्न सकिने सल्लाह पनि दिनुभयो ।

दैनिक रुपमा विदेशिने नेपाली युवाहरु देशमै मेहनत गरी आत्मनिर्भर बन्न सक्ने बाटो खोज्नेहो भने जयलाल गिरी जस्तै सबै युवाको पसिना स्वदेशकै माटोमा सिँचित हुन सक्छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...