नवलपुरको गैंडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गैडाकोट नगरपालिका १० मा शनिबार ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर मध्यविन्दु नगरपालिका ६ का २४ बर्षीय मतिराम महतो थारुको मृत्युु भएको हो । पराल बोकेको ट्रक माथी बसेका महतोलाई बिजुली को नाङो तारले छुँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीको भनाई छ ।
ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।